Categories समाचार

पर्सा प्रहरीको नियन्त्रणमा रहेको मोटरसाइकलमा स्वामित्व हक दाबी गर्न सूचना

Advertisement

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न समयमा सवारी चेकिङ र बेवारिसे रूपमा फेला पारेका मोटरसाइकलमा स्वामित्व हक दाबी गर्न सूचना जारी गरेको छ।

पर्सा प्रहरी कार्यालयको प्रबन्ध शाखाले प्रहरी कार्यालयमा सुरक्षित साथ राखिएको एक सय ७८ वटा मोटरसाइकलको स्वामित्व हक दाबी गर्न बिहीबार सूचना जारी गरेको हो।

Advertisement

पर्साका प्रहरी प्रवक्ता कुमारविक्रम थापाका अनुसार सूचना जारी भएको १५ दिनभित्र मोटरसाइकलधनीले आफ्नो कागजात लिएर प्रबन्ध शाखामा सम्पर्क गर्नुपर्नेछ।

Advertisement

लामो समयदेखि कार्यालयपरिसरमा राखिएका मोटरसाइकललाई सक्कल कागजात लिएर दाबी गर्न नआएको खण्डमा कानुनी प्रक्रियाअनुसार लिलामी प्रक्रियामा जाने प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।

प्रहरी कार्यालयमा विभिन्न कम्पनीको मोटरसाइकल राखिएको भए पनि स्वामित्व हक दाबी गर्न अहिलेसम्म सवारीधनी नआएकाले सूचना जारी गरिएको उनले बताए।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *