Categories समाचार

नक्कली नोटसहित पाँचजना पक्राउ, जसमध्ये वीरगन्जका दुईजना

Advertisement

वीरगन्ज । नक्कली नोटसहित बाराबाट पाँच जना पक्राउ परेका छन्।

एक हजार दरका ६१ थान नक्कली नेपाली नोटसहित जिल्ला प्रहरी कार्यालय बाराले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।

Advertisement

पक्राउ पर्नेमा बारा परवानिपुर गाउँपालिका–५ का सुमित साह, सोही ठाउँ बस्ने सन्तोष पटेल, पर्साको वीरगन्ज महानगरपालिका– १० का विशाल कुमार श्रीवास्तव, सोही ठाउँ बस्ने नीरज श्रीवास्वत र सर्लाहीको चन्द्रनगर गाउँपालिकाका ४४ वर्षीय रामचन्द्र महतो कोइरी छन्।

Advertisement

बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेका अनुसार विशेष सूचनाको आधारमा उनीहरूलाई नक्कली नोटको कारोबार गरिरहेको अवस्थामा विभिन्न ठाउँबाट पक्राउ गरिएको हो।

नक्कली नोटसँगै उनीहरूबाट भारतीय सीमकार्ड र ७ थान मोबाइल बरामद भएको डिएसपी न्यौपानेले बताए। यसबारे आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *