Categories समाचार

भारतीय सांसद मनोज तिवारी संग महासंघका प्रतिनिधि द्वयको दिल्लीमा भेटवार्ता

वीरगन्ज । भा.ज.पा. दिल्ली प्रदेशका पूर्व अध्यक्ष एवं भारतका प्रभावसाली सांसद मनोज तिवारी संग आज नयाँ दिल्लीमा नेपाल विश्व हिन्दु महासंघका प्रतिनिधि द्वय बिजय प्रकाश निषाद तथा अभिषेक तिवारीले सांसद तिवारी को सरकारी आवासमा भेटवार्ता गरेका छन् ।

उक्त छलफलमा दुबै देशको सम्बन्ध थप बलियो पार्ने, दुबै देशमा रहेका धार्मिक स्थलहरुमा पुरै विश्वका हिन्दुको पहुँच बढाउने, खुल्ला सिमाना, हिन्दु राष्ट्र लगायतका विषयमा कुराकानी भएको महासंघका महासचिव अभिषेक तिवारीले बताउनुभएको छ।

Advertisement

महासचिव तिवारीले बताए अनुसार भारतीय सांसद मनोज तिवारीले नेपाल भारत बिचको सम्बन्ध पुरातनकाल देखि नै प्राकृतिक रूपमा रहेको तथा दुबै देशका नागरिक बिच बेटि रोटीको सम्बन्ध समेत रहेको बताउनुभएको छ।

Advertisement

सांसद तिवारीले भौगोलिक निकटका साथ धार्मिक, सामाजिक र सांस्कृतिक समानताका कारण नेपाल–भारत बीचको सम्बन्ध अनुपम रहेको बताउदै दुबै देश बिचको सुमधुर सम्बन्ध बिगार्न कुनैपनि शक्तिले जतिसुकै प्रयास गरेपनि दुई देश बिच कुनै किसिमको तिक्तता नआउने समेत बताउनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *