Categories समाचार

लागु औषध सहित दुईजना पक्राउ

श्याम सरार्फ वीरगन्ज । लागु औषधसहित पर्सा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नं.२१ परवानीपुर बस्ने बर्ष ३० की फुलसन खातुन र पटेर्वा सुगौली गाउँपालिका वडा नं. ५ स्थित निचुटा गाउँ बस्ने वर्ष २० का पुलेमन मुखिया रहेका छन् ।

Advertisement

बिहीबार राति अं.२०:२० बजे वीरगन्ज वडा नं.२१ हनुमान चोक नजिकै काठमाण्डौतर्फ जादै गरेको ना ६ ख ८९६८ नम्बरको सार्बजनिक बसलाई रोकी चेकजाँच गर्दा उक्त बसमा सवार खातुनले बोकेको कालो हेण्ड ब्याग भित्र लुकाई छिपाई राखेको लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ २० प्याकेट गरी जम्मा १०५ ग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जानकारी गराएको छ ।

Advertisement

पर्सा प्रहरीका अनुसार बिहीबारनै मुखियाको घरमा खैरो हिरोइन जस्तो देखिने लागु औषधको बिक्री वितरण भैरहेको भन्ने खबर पाएपछि खटिएको प्रहरी टोलीले मुखियाको घर खानतलासी गर्दा खैरो हिरोइन जस्तो देखिने पदार्थ २ ग्राम १३ मि.ग्राम, चरेश जस्तो देखिने पदार्थ १४ ग्राम ४७ मि.ग्राम, सेतो पदार्थ १ ग्राम ९४ मि.ग्राम, डिजिटल तराजु थान-१ र नगद रू.२९,०७०।– ( उनतीस हजार सत्तरी रुपैया ) फेला परेको थियो ।

पक्राउ परेका खातुन र मुखिया विरुद्द लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ ( पाँच ) दिन म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *