Categories समाचार

दुई क्विन्टल गाँजासहित जितपुरका देवान रक्सौलमा पक्राउ

Advertisement

वीरगन्ज । दुई सय किलो लागु औषध गाँजासहित बाराको जितपुर सिमरा निवासी मोहम्मद जहगीर देवानलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । पिकअपमा लोड रहेको ठुलो मात्राको लागु औषध सहित भारत प्रवेश गर्न लाग्दा रक्सौलमा भारतीय प्रहरीले पक्राउ गरेको हो ।

बिहीबार बिहान करिब ८ बजे ४७ औं बाहिनी सशस्त्र सीमा बलका कर्मचारीले एकीकृत जाँच चौकी (आईसीपी) रक्सौलको नेपाल गेट नम्बर ०४ मा नियमित चेकजाँच गर्ने क्रममा महिन्द्रा बोलेरो पिकअप नम्बर नं-०४-चा-८०७२ लाई रोकेका थिए । चेकजाँचको क्रममा बडीमा फेरबदल गरेको पाइएको थियो, जसले गर्दा गाडीको बडीमा अवैध सामान हुनसक्ने आशंका गरिएको थियो ।

Advertisement

खोजी टोलीका सहायक प्रहरी नायव निरीक्षक शमशेर सिंह, प्रमुख हवल्दार चन्द्रभूषणकुमार गुप्तालगायतका टोलीले गाडी भित्र खोजी सुरु गरेका थिए । खोजीका क्रममा गाडीको फ्लोर बडी दुई भागमा विभाजन गरी करिब ०६–०७ इन्च खाली ठाउँ रहेको पाइयो । जसमा खैरो टेपमा बेरेर केही आयताकार प्याकेटहरू राखिएको थियो। २० प्याकेट गाडीका चालकले निकालेका थिए । ती सबै प्याकेटहरूमा गाँजा जस्तो देखिन्थ्यो।

Advertisement

शंकास्पद पदार्थ जाँच गरेपछि प्रत्येक प्याकेटमा गाँजा रहेको पुष्टि भएको भारतीय प्रहरीका प्रहरी निरीक्षक मनोज कुमार शर्माले जानकारी गराए । त्यसैले पक्राउ परेका चालक देवानलाई लागुऔषध नियन्त्रण ब्यूरो (NCV), पटना (बिहार) को टोलीलाई बुझाइएको बताए ।

सो क्रममा कमाण्डेन्ट श्री विकास कुमार, डेपुटी कमाण्डेन्ट दीपक कृष्ण, सहायक कमाण्डेन्ट मदन मोहन भट्ट, इन्स्पेक्टर मनोज कुमार शर्मा, असिस्टेन्ट सब इन्स्पेक्टर शमशेर सिंह, प्रमुख हवल्दार चन्द्र भुषण कुमार गुप्ता, प्रमुख हवल्दार अरविन्द कुमार पटेल, हवल्दार राहुल लगायतको उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *