Rato Pana
समाचार

माई टि.भिको आयोजनामा एक दिने तालिम सम्पन्न

वीरगन्ज । माई टेलिभिजनको आयोजनमा आधारभुत पत्रकारीता तालिम सम्पन्न भएको छ ।

माई टि.भिका प्रधान सम्पादक किरण सत्यालको अध्यक्षतामा भएको तालिममा ३५ जना बिध्यार्थीहरु सहभागी रहेको तालिमका सह संयोजक साबिर हुसैनले जानकारी दिए । शनिबार भएको तालिमको उद्घाटन वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले गर्नु भयो ।

तालिममा कान्तिपुर टि.भिका पर्सा प्रतिनिधि पंकज श्रेष्ठ, राजधानी दैनिकका मधेश प्रदेश प्रमुख तुल्सी भण्डारी, अधिवक्ता चन्द्रीका पटेलले प्रशिक्षण दिनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका मधेश प्रदेश सचिव श्याम बंजारा, पर्सा अध्यक्ष अनुप तिवारी,पत्रकार रेवेन्द्र कार्की, मनोज मिश्र,माई टि.भिका सम्पादक दिपेन्द्र बि.सी, समाचार बाचक निरजन मिश्रलगायतको सहभागीता रहेको थियो ।

तालिमको सहजीकरण माई टि.भिका कार्यक्रम प्रमुख राजेन्द्र सिंहले गरेका थिए ।

सम्वन्धित समाचार

Leave a Comment