Rato Pana
समाचार

टि–फिफ्टीन च्यारिटी क्रिकेट प्रतियोगीता २०८० को उपाधि एम.एस धोनी फ्यान क्लबलाई

वीरगन्ज । टि–फिफ्टीन च्यारिटी क्रिकेट प्रतियोगीता २०८० को उपाधि एम.एस धोनी फ्यान क्लबले आफ्नो नाम गरेको छ ।

एम.एस धोनी फ्यान क्लब र स्प्रिट क्लब वीरगन्ज बीच शनिबार भएको फाइनल खेलमा ७४ रनको भारी अन्तरले स्प्रिटफाई हराउँदै धोनी फ्यान क्लबले जित आफ्नो नाम गरेको हो ।

टस जितेर ब्याटिङ् गरेको एम.एस धोनी फ्यान क्लबले निर्धारित १५ ओभरमा ७ विकेटको क्षतिमा १ सय ५६ रनको योगफल तयार पारेको थियो । सो टिमका कर्म पालले सर्वाधिक रन बनाएका थिए ।

स्प्रिट क्लबले भने निर्धारित मध्ये १३.२ ओभरमा १० विकेट गुमाएर ८३ रनमै समेटियो । प्रतियोगीतामा कर्म पाल प्लेयर अफ दी म्याच घोषित भए । 

विजेता टिमलाई वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले ट्रफी, मेडल प्रदान गर्दै आउने दिनमा खेलजगतका लागि हुने सहयोग गर्न पछि नपर्ने बताए ।

सम्वन्धित समाचार

Leave a Comment