Categories समाचार

सरस्वति पूजाको दिन भ्यालेन्टाइन डे मनाए सार्वजनिक धुलाई हुने

Advertisement

जनकपुरधाम । आउँदा फागुन २ गते मनाइने बसन्त पँचमी अर्थात सरस्वति पूजाको दिन कुनै विद्यालय, मठ मन्दिर, धार्मिक स्थलमा भ्यालेन्टाइन डे मनाएको पाईएमा सार्वजनिक कारवाही गर्ने चेतावनी दिएको छ । 

जनकपुरधामस्थि रहेको बजरँग दलले एक सूचना जारी गर्दै जनकपुरधाम धार्मिक नगरी भएकोले सरस्वति पूजाको दिन भ्यालेन्टाईन डे मनाईएको वा उच्छृँखल गतिविधि गरिएको पाईएमा सार्वजनिक कुटपिट गर्ने चेतावनी नै दिएको हो । 

Advertisement

जारी गरिएको सूचनामा बजरँग दलले धार्मिक स्थलमा भ्यालेन्टाइन डे मनाएको पाईएमा कारवाही गर्ने उल्लेख गरेपनि एक सदस्यले जनकपुरको धार्मिक स्थल, विद्यालयहरुमा यस्ता गतिविधि देखिए सोही ठाउँमा ठाउँको ठाउँ पक्राउ गरी त्यस्तो जोडीलाई धुलैया दिने बताए । 

Advertisement

पश्चिमी सँस्कृति भ्यालेन्टाइन डेको नाममा किशोर किशोरीहरुले भविष्य छाडेर कुलतमा फँस्ने गरेको तथ्याँक छ । कच्चा उमेरका बालबालिकाहरुले भ्यालेन्टाइन डेको नाममा नक्कली माया प्रेममा परी जीवन दुर्घटना पार्ने गरेको देखिएको छ । 

भ्यालेन्टाइन डे को नाममा जानकी मन्दिर, विवाह मण्डप, अन्य धार्मिक स्थल, गँगा सागर, भूतनाथ मन्दिर लगायतका ठाउँमा उच्छृँगल गतिविधिहरु देखिन थालेपछि बजरँग दलले आफ्ना सयौँ कार्यकर्ता खटाउने भएको छ । उनीहरुले यस्ता गतिविधि देखेमा कारवाही गर्ने भनिएको छ । साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *