Categories समाचार

भारतीय गाडीबाट १ करोड ८२ लाख बढी नक्कली नोट बरामद

Advertisement

वीरगन्ज । भारतीय नम्बर प्लेटको गाडीबाट १ करोड ८२ लाख बढी नक्कली नोट बरामद भएको छ। 

सुनसरी प्रहरीले बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडीबाट १ करोड ८२ लाख ५१ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको हो। 

Advertisement

आइतबार भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका-४ स्थित सुनसरी खोलाको पुलनजिकबाट नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।

Advertisement

नक्कली नोटसहित प्रहरीले १ जना भारतीय नागरिकलाई समेत पक्राउ गरेको छ। पक्राउ पर्नेमा गाडीका चालक भारतको वीरपुर घर भएका २२ वर्षीय मोहमद सैयद छन्। गाडीमा सवार अर्का व्यक्ति भने फरार भएका बताइएको छ। 

ट्राफिक प्रहरीको चेकजाँचका क्रममा उक्त स्कर्पियो गाडीले चेकिङ छल्न खोजेपछि प्रहरीले खानतलासी गरेको थियो। जसक्रममा पछाडिको भागमा लुकाइछिपाइ ल्याइएको नक्कली नोटहरु बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले जानकारी दिए।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *