Rato Pana
समाचार

विद्यार्थीको डेरामा कटुवा पेस्तोलसहित पुगेर बिबाद गरिरहेका युवक पक्राउ

जनकपुरधाम। सिरहामा रातिको समयमा विद्यार्थीको डेरामा कटुवा पेस्तोलसहित पुगेर बिबाद गरिरहेका युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको औरही गाउँपालिका ४ कमलपुरका २० वर्षीय सरोज कुमार यादव छन् ।

उनी गत शनिबार राति ९ बजे सिरहा नगरपालिका ७ स्थित रामपुकार शर्माको घरमा डेरा गरी बस्ने औरही गाउँपालिका ३ का २२ वर्षीय संजित कुमार यादव र उनको बहिनी संजिता यादवसंग विवाद गर्न पुगेका थिए ।

तत्कालै प्रहरी पुगेर चेकजाँच गर्दा उनको साथबाट कटुवा पेस्तोल बरामद भएको सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्र राज पाण्डेले जानकारी दिए ।
उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । टुडेपाटीबाट साभार

सम्वन्धित समाचार

Leave a Comment