Categories अर्थ

आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो

Advertisement

काठमाडौं । आइतबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख १७ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो भने आइतबार १ लाख १७ हजार ६ सय रुपैयाँ पुगेको छ ।

Advertisement

अन्तर्राष्ट्रिय बजारमा मूल्य केही बढेपछि नेपाली बजारमा सोअनुसार समायोजन भएको महासंघले जनाएको छ । त्यस्तै चाँदीको मूल्य पनि केही बढेको छ । अघिल्लो दिन प्रतितोला १४१० रुपैयाँ रहेको चाँदी आइतबार १४३० रुपैयाँ पुगेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *