Categories समाचार

वीरगन्जमा पनि लगाइयो कर्फ्यु

Advertisement

वीरगन्ज ।वीरगन्जमा साेमबार साँझ ५ देखि कर्फ्यु लगाइएको छ।जिल्ला प्रशासन कार्यालय पर्साले एक सार्वजनिक सुचना जारी गरि वीरगन्ज महानगरपालिका क्षेत्रमा साँझ ५ देखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेकाे हाे ।

राैतहटकाे ईशनाथ नगरपालिकाकाे माेतीपुरमा सरस्वतीकाे मुर्ति सेलाउने विषयलाई लिएर हिन्दु र मुस्लिम समुदायबिच पाँच दिनदेखी जारी विवादलाई लिएर वीरगन्जमापनि साेमबार दुई फरक धर्म समुदाय बिच  ठाँउ ठाँउमा झडप भई स्थिति तनावपूर्ण भएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएकाे पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले जानकारी दिए ।स्थानीय प्रशासनले जारी गरेकाे कर्फ्यु आदेशकाे सुचनामा वीरगन्जकाे सिमा क्षेत्र पूर्वमा नगवा चाेक, पश्चिममा तिलावे पुल,उत्तरमा परवानीपुर र दक्षिण भन्सारकाे मितेरी पुलभित्र महानगरकाे क्षेत्रमा कर्फ्य लगाइएको उल्लेख छ ।

Advertisement

यसअघि साेमबार दिउँसोदेखि केहि हिन्दुवादीहरुले प्रदर्शन गर्दै बजार बन्द गराउने क्रममा हिन्दुवादी र प्रहरीबिच ठाँउ ठाँउमा झडप भएकाे थियाे ।यस्तै हिन्दुवादीहरुले बजार बन्द गराउने क्रममा केहि पसलमा ताेडफाेड गरेपछि  मुस्लिम समुदायका एक समुहले अवरोध गर्न खाेज्दा प्रहरीले हस्तक्षेप गरेकाे थियाे । त्यस्तै हिन्दुवादीहरुले जुलुश निकालेर बजार बन्द गराउँदै हिडेपछि समुह बनाएर मुख्य सडकमा आएका मुस्लिम समुदायकाे एक समुहले आदर्शनगर र महावीरस्थानमा हिन्दु धर्मकाे झण्डा च्यात्न थालेपछि स्थिति तनावपूर्ण बनेकाे भएपनि प्रहरीले हस्तक्षेप गरेर स्थिति नियन्त्रणमा लिएको थियाे ।

Advertisement

तर  त्यसपछि वीरगन्जकै इदगाह चाेकमा मुस्लिम  समुदायका केहि युवाहरुले सडकमा टायर बालेर प्रदर्शन गरिरहेका बेला प्रहरीले हस्तक्षेप गर्दै लाठीचार्ज गरपछि स्थिति फेरि बिग्रिएकाे थियाे ।त्यसक्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेकाे र प्रहरीले भिड तितरबितर पार्न १० राउन्ड भन्दा बढी अश्रुग्यास प्रहार गरेकाे थियाे ।

यसअघि हिन्दु समाज नामक समुहकाे अगुवाइमा हिन्दुवादीहरुले राैतहट,महाेतरी लगायतका जिल्लामा हिन्दुमाथि अत्याचार भएकाे भन्दै त्यसमा संलग्नहरुलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएका थिए । मधेसखबर बाट साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *