Categories समाचार

पुरानै सहमतिअनुसार रौतहटमा सरस्वतीको मूर्ति बिसर्जन

Advertisement

वीरगन्ज । रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यु अवधिभित्रै पुरानै सहमति अनुसार सरस्वतीको मूर्ति बिसर्जन गरिएको छ । मधेस प्रदेश प्रहरी प्रमुख एवं डीआईजी यज्ञविनोद पोखरेलको सक्रियतामा जिल्ला समन्वय समितिको सभाकक्षमा सोमबार बसेको सर्वदलीय सर्वपक्षीय बैठकको निर्णय अनुसार पुरानै सहमतिमा मूर्ति सेलाइएको हो ।

ईशनाथ–७ घिउरा गाउँस्थित विद्यालय छेउको सार्वजनिक पोखरीमा यस अघि भएको सहमति अनुसार मूर्ति सेलाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी एलिजा गिरीले बताइन् ।

Advertisement

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकमा डीआईजी पोखरेल, सशस्त्र प्रहरीका डीआईजी दीपेन्द्र साह, राष्ट्रिय अनुसन्धान विभागका डीआइजी सञ्जय यादव, विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता थियो ।

Advertisement

बैठक लगत्तै संघीय सांसद किरण कुमार साह, जिल्ला समन्वय समितिका सभापति रामअयोध्या यादव, तीनै सुरक्षा निकायका डीआईजी, पार्टीका प्रतिनिधि सम्मिलित टोली पुगेर चार दिनदेखि थन्किएको मूर्ति बिसर्जन गरेको हो ।

यस अघि संघीय संसद किरण कुमार साहको पहल तथा प्रमुख जिल्ला अधिकारी रेग्मीको अध्यक्षतामा ईशनाथ–७ घीउरा गाउँमा डिजे बाजा सहितको ट्याक्टर साविक बाटो हुँदै लैजाने र सरस्वतीको मूर्ति अर्को बाटो हुँदै गाउँ छेउ विद्यालय नजिकैको सार्वजनिक पोखरीमा बिसर्जन गर्ने सहमति भएको थियो । सोही निर्णय अनुसार साेमबार मूर्ति विसर्जन गरिएको हो ।

गत शुक्रबार सरस्वतीको मूर्ति सेलाउन लैजाने समूहमाथि घिउरामा मुस्लिम समुदायले घरको छतबाट ढुङ्गा हान्दा स्थानीय कार्तिकेश ठाकुर लगायतका केही व्यक्ति घाइते भएका थिए ।

स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले शनिबार साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु आदेश जारी गरेको थियाे। साभार:राताेपाटीबाट

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *