Categories समाचार

आमा मार्ने छोरा पक्राउ

Advertisement

सुनसरी । आफ्नै आमा ४६ वर्षीया रमनश्वरी राईको हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका–११ कुविर्ताचोक बस्ने २८ वर्षीय दिपक राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।

दिपकले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा रमनश्वरी गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरीले उनलाई घोपा अस्पताल धरान लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो।

Advertisement

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *