Categories समाचार

वीरगन्जमा दुई समुदायबिच उत्पन्न विवाद समाधान गर्न ५ बुँदे सहमति

Advertisement

वीरगन्ज । वीरगन्जमा दुई समुदायबिच उत्पन्न विवाद समाधान गर्न ५ बुँदे सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय पर्सा डाकेको सर्वदलीय बैठकमा सद्भाव कायम गर्ने लगायतका पाँच बुँदे सहमति भएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए ।

सयौँ वर्षदेखि कायम रहेको दुई समुदायबिचको एकतालाई अझ मजबुत गराइ, एकतालाई विखण्डन गर्न खोज्ने जुनसुकै दुष्प्रयासलाई निष्फल पार्ने, एक अर्काको आस्था केन्द्र तथा धार्मिक स्थलहरुको सम्मान गर्दै त्यस्ता स्थानहरूमा नाराबाजी, जुलुस लगायतका विरोधका कार्यक्रम नगर्ने÷नगराउने, यस किसिमको गतिविधि गर्ने जोसुकैलाई कानुनी कारबाहीको दायरामा ल्याउने सहमति भएको हो ।

Advertisement

यस्तै तेस्रो नम्बरमा जिल्लाभित्र खुलारुपमा डिजे बजाउने र चर्को माइक बजाउने कार्य रोक्ने, लाठी, भाला, राँके जुलुस निकाल्ने लगायतका क्रियाकलाप गर्ने विरुद्ध कानुनी कारबाहीमा सबैले सहयोग गर्ने, चौथो नम्बरमा भने जिल्लाको शान्ति सुरक्षा र अमन चयनलाई खलल पार्ने किसिमका धार्मिक, सामाजिक, सांस्कृतिक सद्भाव बिगार्ने एवं द्वन्द्वलाई उक्साउने प्रकारका गतिविधि गर्ने, धार्मिक साम्प्रदायिक ¥याली, जुलुस, बन्द हडताल लगायतका गतिविधिहरू कुनै पनि समुदाय संघ संस्थाहरुले नगर्ने सबै दलहरूले सहमति जनाएका छन् ।

Advertisement

सामाजिक सञ्जालमा कुनै जात धर्म वा समुदाय लक्षित गरी नकारात्मक कुराहरु पोस्ट गर्ने÷गराउनेलाई प्रशासनले कडा कारबाही गर्ने सहमति भएको प्रजिअ भुसालले बताए ।

सर्वदलीय बैठकमा सांसद प्रदीप यादव, बीरगन्जका मेयर राजेशमान सिंह, मुस्लिम अगुवाहरू शशी कपुर मियाँ, तबरेज अहम्मद, जफर अन्सारी लगायत प्रहरी प्रमुख, सशस्त्र प्रमुख तथा सबै राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *