Categories हाइलाइट-समाचार

वीरगन्जमा समाजिक सद्भाव बिथाेल्न खाेज्ने दुष्प्रयासलाई विफल पार्न सामुहिक प्रयास गरिने

Advertisement

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्सामा मंगलबार बसेकाे सर्वदलीय-सर्वपक्षीय बैठकले वीरगन्जमा सदियाैंदेखि कायम जातजाति, भाषा, धर्म, समुदायबिचकाे एकतालाई अझ मजबुत बनाउने निर्णय गरेकाे छ।

वीरगन्जमा दुई फरक धर्म समुदायबिचकाे द्वन्द्वका कारण साेमबारदेखि उत्पन्न तनावलाई साम्य पार्न मंगलबार बसेकाे सर्वदलीय-सर्वपक्षीय बैठकले नेपाली जनताबिचकाे सुसम्बन्ध र एकतालाई विखण्डन गर्न खाेज्ने जुनसुकै दुष्प्रयासलाई निष्फल पार्न सामुहिक प्रयास गर्ने निर्णयसमेत गरेकाे छ।

Advertisement

यस्तै बैठकमा वीरगन्जमा रहेकन धार्मिकस्थलहरुमा नाराबाजी,जुलुश लगायतका विराेधका कार्यक्रम नगर्ने नगराउने र यस्ता किसिमका गतिविधि गर्नेलाई कानुनी कारबाहीकाे दायरामा ल्याउन प्रहरी प्रशासनलाई सहयाेग गर्ने सहमतिपनि भएकाे बैठकमा सहभागी पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शीव लम्सालले जानकारी गराए।यसैगरी खुल्लमखुल्ला रुपमा डिजे बजाउने र चर्काे स्वरमा माइक बजाउने, राँके जुलुश, लाठीभाला सहितकाे जुलुश निकाल्ने लगायतका कृयाकलाप गर्ने विरुद्ध कानुन बमाेजिम कबाही प्रशासन समक्ष अनुराेध गर्ने र यसमा सबै दलले सहयाेग गर्ने सहमित पनि भएकाे उनले बताए ।

Advertisement

जिल्लाकाे शान्ति सुरक्षा र अमन चयनलाई खलल पर्ने किसिमका धार्मिक र सामाजिक सदभाव बिगार्ने एंव द्वन्दलाई उस्काउने प्रकारका अवाञ्छित गतिविधि साथै धार्मिक , सम्प्रदायिक रयाली,जुलुश,बन्द हडताल लगायतका गतिवधि कुनैपनि संघसंस्था र समुदायले नगर्ने र यसमा सबै दल,नागरिक समाज र संघसंस्थाले सहयाेग गर्ने सहमित बैठकमा भएकाे लम्सालले बताए ।

यस्तै सामाजिक सञ्जालमा कुनैपनि जातजाति, धर्म वा समुदायलाई लक्षित गरी नकारात्मक कुराहरु पाेष्ट गर्ने गराउने उपर प्रशासनले कडा कारबाही गर्ने निर्णयपनि भएकाे उनले बताए।

सप्रजिअ लम्सालले साेमबार साँझदेखि वीरगन्जमा जारी कर्फ्युकाे विषयमा भने जिल्ला सुरक्षा समितकाे बैठक बसेर आवश्यक निर्णय लिने बताए ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको अध्यक्षतामा बसेकाे बैठक प्रतिनिधि सभा सदस्य प्रदीप यादव, प्रदेश सरकारका पर्यटन राज्यमन्त्री रहबर अन्सारी,वीरगन्ज महानगरका मेयर राजेशमान सिंह,नेकपा एमालेका जिल्ला संयाेजक विश्वम्भर शर्मा,जसपाका जिल्ला अध्यक्ष रामनरेश यादव, नेपाली कांग्रेसका नेता नरेन्द्र साह,जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष बालगाेपाल थापा,लाेसपाका जिल्ला अध्यक्ष पुरुषाेत्तमलाल झा,राप्रपाका पन्नालाल पटेल,पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापा,सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्य, नेपाली सेनाका प्रमुख नेनानी डाइमण्ड कार्की तथा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीलगायतकाे सहभागीता रहेकाे थियाे ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *