Categories समाचार

द्वन्द्वलाई उक्साउने सामग्री मिडिया र साेसल मिडियामा नराख्न पर्साका सिडिओ भुसालको आग्रह

Advertisement

वीरगन्ज । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले धार्मिक, सामाजिक, सांस्कृतिक सदभाव बिगार्ने एवं द्वन्द्वलाई उक्साउने प्रकारका सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न तथा कुनै सञ्चार माध्यमबाट प्रशारण नगर्न नगराउन अनुरोध गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी भुसालले एक विज्ञप्ति जारी गर्दै वीरगन्जमा देखिएको असमान्य परिस्थितिलाई सावधानीपूर्वक व्यावस्थापन गरिएको र यस परिस्थितिमा सुरक्षा निकायको संयमता र राजनैतिक नेतृत्व तथा नागरिक समाजका विभिन्न व्यक्तिहरुको सुझबुझपूर्ण सहयोगका कारण परिस्थिति नियन्त्रण भित्रै रहेको भन्दै सामाजिक सद्भाव बिगार्ने खालका सामग्री सामाजिक सञ्जाल र सञ्चारमाध्यममा पोष्ट नगर्न आग्रह गरेका हुन् ।

Advertisement

सयौं बर्षदेखि सबै जाजाति, धर्म, भाषा, सम्प्रदायबीचको एकता रहेको देशमा परिस्थिति असजम बनाउने कुनैपनि प्रयासप्रति प्रशासनको गम्भीर ध्यानकार्ष भएको जनाउदै उनले नेपाली जनता बीचको सुसम्बन्ध र एकतालाई विखण्डन गर्न खोज्ने जुनसुकै दुष्प्रयासलाई निष्फल पार्ने प्रतिबद्धता सहित सहयोग गर्नपनि आग्रह गरेका छन् ।

Advertisement

वीरगन्जमा दुई फरक धर्म समुदायबिचकाे द्वन्द्वका कारण साेमबार साँझ ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरिएको छ। साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *