अमित अग्रवाल वीरगन्ज । वीरगन्जको एक निजी हस्पिटलले बिरामीसंग ठगी गरिरहेको तथ्य फेला परेको छ ।
वीरगन्जको प्रतिमाचाैकमा रहेकाे नेपाल इण्डाे हस्पिटलले दुई जना बिरामीलाई सादा बिल दिएर करिब ३ लाख ५० हजार रूपैया ठगेकाे एक बिरामीका आफन्तले बताए ।
निजगढमा रहेकाे लच्कामा गत माघ १८ गते मैजिकले स्कुटीलाई ठक्कर दिदा निजगढ नगरपालिका सिंगाैल १ का २ जना घाईते भएका थिए । निजगढमा उपचार हुन नसके पछि थप उपचारका लागि दुबै जना घाईतेलाई वीरगन्जको नेपाल इण्डाे हस्पिटलमा भर्ना गरिएको थियो।
निजगढ नगरपालिका सिंगाैल वडा नम्बर १ निवासी बर्ष ३५ का कैलाश कुमार तिमिल्सिना र साेही वडामा बस्ने बर्ष ४० का सियाराम परियार दुई जनालाई नेपाल ईण्डाे अस्पतालले ११ दिन सम्म भर्ना गरेर राखेको थियो । अस्पालले आई सि यु मा भर्ना गरे बापत १ जनाकाे प्रति दिनकाे ७ हजारकाे दरले दुबै जना बिरामीलाई ७ दिन सम्म आई सि यु मा राखेर ९८ हजार बेड चार्ज भन्दै शुल्क असुल गरेको बिरामीका कुरुवाले बताए ।
त्यसै गरि विभिन्न चार्जहरू देखाउदै हस्पिटलले दुबै बिरामीहरूकाे लागि रकम असुल गरेको उपचार गराइ रहेका मैजिक चालक समीर देवानले राताेपानलाई बताए । देवानले अस्पताल संग इन्स्योरेन्समा दुर्घटना बिमा दावी गर्नु पर्ने भएकाे हुदा बिल माग्दा अस्पतालका डाक्टर प्रमान्नद साहले देवानलाई सादा कागजमा हातले लेखेर बिल दिएका थिए । अस्पतालकाे बिल दिन नमाने पछि देवानले संचारकर्मीलाई बाेलए पछि याे कुरा बाहिर आएको हाे ।
देवानलाई माैखिक रूपमा हस्पिटलले ४ लाख २८ हजार भुक्तानी गर्नु पर्ने भने पछि देवान अस्पताल संग हिसाब माग्दा अस्पतालले सादा कागजमा ३ लाख ५५ हजार ३ सय साठी रूपैयाकाे बिल दिएकाे देवानले बताए । यस घटना बारे अस्पतालका संचालक तथा डाक्टर संग पटक पटक कुरा गर्न खाेज्दा काेही पनि सम्पर्कमा आएका छैनन् ।








