Categories समाचार

कलैयामा आज सद्‍भाव र्‍याली निकालिँदै

Advertisement

बारा । बाराकाे कलैयामा आज बुधबार बिहान सर्वपक्षीय सद्‍भाव र्‍याली निकालिने भएको छ। जिल्ला प्रशासन कार्यालय बाराको नेतृत्वमा आज बिहान ७:३० बजे सद्‍भाव र्‍याली हुने भएको हो। जिल्ला प्रशासन कार्यालय बारा परिसरबाट निस्कने सद्‍भाव र्‍यालीमा सहभागी हुन् कार्यालयले सामाजिक संजाल फेसबुकमार्फत अपिल गरेको छ।

पछिल्लो समय केही जिल्लामा सामाजिक सद्‍भाव बिग्रने गतिविधि देखिएको भन्दै कार्यालयले सामाजिक एकता बलियो रहेको सन्देश प्रवाह गर्न सद्‍भाव र्‍यालीको आयोजना गरेको हो। ‘जिल्ला प्रशासन कार्यालय परिसर कलैयाबाट सर्वपक्षीय सद्‍भाव र्‍याली आयोजना गरिएको हुँदा सबै राजनीतिक दल, जनप्रतिनिधि , धार्मिक संघसंस्था, नागरिक समाज, सञ्चारकर्मी, शिक्षक, कर्मचारी, सुरक्षाकर्मी, स्थानीय क्लबलगायत आम बारा निवासी दिदीबहिनी, दाजुभाइलाई र्‍यालीमा उपस्थित भई सामाजिक सद्‍भाव कायम गर्ने कार्यमा योगदान पुर्‍याउनुहुन हार्दिक अनुरोध छ’, जिल्ला प्रशासन कार्यालय बाराको अपिलमा भनिएको छ।

Advertisement

यसअघि मंगलबार दिउँसाे बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले सामाजिक सद्‍भाव बिग्रन नदिनका लागि दलीय भूमिका निर्वाह गर्ने सम्बन्धमा छलफल भएको थियो। छलफलमा सामाजिक सद्‍भाव र एकता बिग्रन नदिने प्रतिवद्धता जनाएका राजनीतिक दलले संयुक्त अपिल जारी गरेका हुन्। साभार:अन्नपूर्ण पाेष्ट

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *