Categories समाचार

वीरगन्ज कर्फ्यु अपडेट : प्रदर्शन र उल्लंघन गरेकाे आराेपमा पक्राउ परेका २१ जना युवाहरु रिहा

Advertisement

वीरगन्ज । वीरगन्जमा कर्फ्यु लागेका बेला प्रदर्शन गरेका र कर्फ्यु उल्लंघन गरेकाे आराेपमा पक्राउ परेका २१ जना युवाहरु मंगलबार राति रिहा भएका छन्।

जिल्ला प्रशासन कार्यालय पर्सामा हिन्दु समाज पर्सा र स्थानीय प्रशासनबिच सहमति भएलगत्तै प्रहरीले मंगलबार दिउँसो वीरगन्जका विभिन्न स्थानबाट पक्राउ गरेका २१ जना युवाहरुलाई मंगलबार राति १०.३० बजे रिहा गरेकाे पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।

Advertisement

जिल्ला प्रहरी कार्यालय पर्साबाट मंगलबार राति रिहा हुनेहरुमा पर्साकाे पकाहामैनपुरका रामेश राम,वीरगन्जकाे घडिअर्वाका राजन साह कानु,रिसभ मिश्रा,राकेश यादव, रजनिश यादव,बाराकाे देवतालका नरेश राम,वीरगन्जको नगवाका सुभाष पाल,पर्साकाे जगरनाथपुरका जितेन्द्र यादव लगायतका रहेकाे हिन्दू समाजका अगुवा रन्जित साहले जानकारी दिए।

Advertisement

रिहा भएका युवाहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि नै हिन्दु युवा समाजका अगुवाहरु रन्जित साह,कृष्ण चाैरसिया,अभिषेक तिवारी,विश्वप्रकाश निषाद लगायतले भगवा रंगकाे टीका लगाएर स्वागत गरेका थिए ।

यसअघि मंगलबार नै बेलुकी जिल्ला प्रशासन कार्यालयमा स्थानीय प्रशासन र हिन्दु समाज पर्साका अगुवाहरुबिच मंगलबार दिउँसो सर्वदलीय-सर्वपक्षीय बैठकले गरेका पाँच बुँदे सहमति कार्यान्वयन गर्ने सहमति भएकाे थियाे ।उक्त सहमतिमा साेमबार हिन्दु धर्मकाे झण्डा च्यात्ने, फरक धर्मका समुदायलाई गालीगलाैज र धम्की दिनेहरुलाई पक्राउ गरि प्रहरीले कारबाही गर्नेपनि उल्लेख छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *