Categories समाचार

वन सुरक्षा टोलि र काठ तस्करबीच भिडन्त, तीन हवाई फायर गरेर काठ नियन्त्रणमा

Advertisement

वीरगन्ज । रौतहटमा वन सुरक्षा गस्ती टोली र काठ तस्करबीच भिडन्त भएको छ । गए राति वृन्दावन नगरपालिका १ रामलाल वृन्दावन साझेदारी वनक्षेत्र भित्र वन सुरक्षा टोली र तस्कर बिच भिडन्त भएको हो ।

वन सुरक्षा टोलीले हवाई फायर गर्दै अवैध सालको काठ बरामद गरेको छ । वन अधिकृत अनिल कुमार महतोको कमान्डमा गएको टोलीले गएराति ११ बजे वन क्षेत्र भित्र गस्तीको क्रममा तस्करसँग भिडन्त भएको थियो। सो क्रममा टोलीले तीन राउन्ड हवाई फायर गरेपछि तस्कर समूह भागेको र तीनाथान गोलिया बरामद गरेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रले बताए ।

Advertisement

साढे ५७ फिट सालको काठ लोड रहेको एकथान टायर गाडा र एउटा पाडो बरामद गरेको गरेको छ ।

Advertisement

काठ सहितको टायर गाडा र पाडो आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय चन्द्रनिगापुरमा ल्याइएको तथा घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ। साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *