Categories समाचार

बाेलेरो र ट्रक ठोक्किँदा दुईजनाको मृत्यु, तीन घाइते

Advertisement

बारा । पूर्वपश्चिम लाेकमार्ग अन्तरगत बाराको आधाभार जंगलमा बुधबार बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइतेपनि भएका छन् ।

पूर्वपश्चिम लोकमार्ग अन्तरगत बाराकाे जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ स्थित आधाभार जंगलमा हेटाैंडाबाट पथलैयातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२६ च १३३४ नम्बरको बाेलेरो गाडी र विपरित दिशाबाट जादै गरेको ना ६ ख ३३५२ नम्बरको ट्रक एक आपसमा ठोक्किएको हाे ।

Advertisement

दुर्घटनामा दुई जनाको मृत्यु भएको र उनिहरुकाे पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।घाइते तीन जना मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

Advertisement

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक राम कुमार महतोका अनुसार घाईतेहरुको परवानीपुरकाे नाैतनस्थित एल एस न्युरो असपतालमा उपचार भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *