Categories समाचार

नेशनल मेडिकल कलेजकाे प्रबन्ध निर्देशक रहेका बसरुद्दिनलाई हटाएर शाहनवाजलाई चयन

वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भेडियाहीमा रहेको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालकाे प्रबन्ध निर्देशक(एमडी)मा शाहनवाज अन्सारी चयन भएका छन्।

गत फागुन ४ मा बसेको अस्पतालको सञ्चालक समिति बैठकले यसअघि प्रबन्ध निर्देशकमा रहेका बसरुद्दिन अन्सारीलाई हटाएर शाहनवाजलाई प्रबन्ध निर्देशकमा चयन गरेको हो।शहनवाज,नेशनल मेडिकल कलेज सञ्चालक समितिका अध्यक्ष जैनुद्दिन अन्सारीका छोरा हुन्।

Advertisement

यसअघि लामो समयसम्म मेडिकल कलेजकाे प्रबन्ध निर्देशकमा बसरुद्दिन अन्सारी थिए। बसरुद्दिन नेकपा एमालेका मधेस प्रदेश समिति सदस्यपनि हुन्।

Advertisement

अस्पतालमा अब बसरुद्दिनकाे १० प्रतिशत मात्र सेयर रहेको अस्पतालका सञ्चालक समितिका अध्यक्ष जैनुद्दिनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *