Rato Pana
धर्म/संस्कृति

वीरगन्जमा पहिलो पटक निकालियो जगन्नाथ रथयात्रा

वीरगन्ज । वीरगन्जमा पहिलो पटक जगन्नाथ रथयात्रा निकालिएको छ । ईस्कोन वीरगन्ज नामक संस्थाको आयोजनामा वीरगन्जमा पहिलो पटक शनिबार जगन्नाथ रथयात्रा निकालिएको हो ।

शनिबार बिहान घण्टाघर चोकबाट सुभारम्भ गरि निकालिएको जग्गनाथ रथयात्रा माईस्थान, महाविरस्थान, अलखियामठ, पुजन होटल चोक, कैलाश होटल चोक,ठाकुरराम क्याम्पस,स्वीमीङ पुल हुदैं आदर्शनगरस्थित पूरानो बसपार्कमा पुगेर समापन भएको थियो ।

यसअघि घण्टाघर चोकमा रथयात्राको सुभारम्भ वीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंहले गरेका थिए । त्यसअवसरमा हन्दिूवादी संघसंगठनका अगुवा, विभिन्न संघसंस्थाका प्रतिनिधी लगायतकोपनि सहभागीता थियो ।

वीरगन्जमा धार्मिक–सामाजिक सदभावलाई कायम राखी त्यसलाई अझ सुमधुर बनाउने उदेश्यले वीरगन्जमा पहिलोपटक जगन्नाथ रथयात्रा निकालिएको ईस्कोन वीरगन्जका अध्यक्ष रुपसनातन दासले जानकारी दिए।

रथयात्राले परिक्रमा गर्ने स्थानका चोकचोकमा बिहानैदेखि ठूलो संख्यामा नेपाल प्रहरीकासाथै सशस्त्र प्रहरीपनि परिचालन गरिएको थियो ।

रथयात्रामा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, उद्योगी व्यवसायी, चिकित्सक, स्थनीय अगुवाहरु, भद्रभलादमी, समाजसेवी, सर्वसाधरण लगायत हजारौँको सङख्यामा भक्तजनहरुको सहभागीता रहेको दासले जानकारी दिए ।

सम्वन्धित समाचार

Leave a Comment