Categories एजेन्सी

तीर्थयात्री सवार ट्याक्टर पल्टिएर पोखरीमा खस्दा २२ जनाको मृत्यु

Advertisement

काठमाडौं । भारतको उत्तर प्रदेशमा शनिबार तीर्थयात्री सवार ट्याक्टर पल्टिएर पोखरीमा खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ । १० जना घाइतेपनि भएका छन्।

उत्तर प्रदेशको राजधानी लखनउबाट २६६ किलोमिटर उत्तरपश्चिममा पर्ने कासगञ्ज जिल्लाको पटियाली क्षेत्रमा उक्त दुर्घटना भएको हो।

Advertisement

दुर्घटनामा २२ जनाको मृत्यु भइसकेको र घाइते भएका १० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको कासगञ्जका प्रमुख मेडिकल अफिसर राजीव अग्रवालले बताए ।

Advertisement

भारतीय प्रहरीका अनुसार गंगा स्नान गर्न जाँदै गरेका तीर्थयात्रीहरु सवार ट्याक्टर दुर्घटनामा परेको हो । ट्याक्टर चालकले अर्को गाडीलाई ओभरटेक गर्न खोज्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको भारतीय प्रहरीले जनाएको छ।उद्धारकर्ताहरूले घटनास्थलबाट शव निकालेर शवगृहमा राखेको र पोष्टमार्टमपछि परिवारलाई जिम्मा लगाइने भारतीय प्रहरीले जनाएको छ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मृतकहरुप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। उनले पीडित परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा समेत गरेका छन्।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *