Categories समाचार

बाराको सशस्त्र प्रहरी पोष्टमा आगलागी, गोलीगट्ठासहितका सबै हतियार जलेर नष्ट

बारा । बाराको विश्रामपुर गाउँपालिकाको बपलिरामपुरमा रहेको सशस्त्र प्रहरी फरवार्ड आउट पोस्ट (एफओबी) मा शनिबार आगलागी भएको छ ।सशस्त्र प्रहरीको एफओबीमा विद्युत् सर्ट भएर आगलागी भएको हो ।

एफओबीमा भएको आगलागीबाट हातहतियार गोलीगट्ठासहित, कागजात, खाद्यान्न,सुरक्षाकर्मीका लुगाकपडा सबै सामान जलेर नष्ट भएको मधेस प्रदेशका सशस्त्र प्रहरी प्रमुख डिआइजी दीपेन्द्र शाहले जानकारी दिए ।

Advertisement

उनले भने,‘ आगलागीबाट सबै हातहतियार गोलीगट्ठा, कागजातसहितका सामान जलेर नष्ट भएको छ । आगलागीबाट के कति क्षति भयो भन्ने विस्तृत विवरण आउन अझै बाँकी छ ।

Advertisement

अपरान्ह ३ बजेदेखि सुरु भएको आगलागीबाट मानवीय क्षति भने नभएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *