Categories समाचार

नेशनल मेडिकल विवाद : बसरूद्दीन निकटका सात जना कर्मचारीहरू कारवाहीमा

Advertisement

वीरगंज । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजको नया व्यवस्थापन समुहले तत्कालिन प्रबन्ध निर्देशक बसरूद्दीन अन्सारी निकटतम सात जना कर्मचारीहरूलाई कारवाही गरेको छ ।

नेशनल मेडिकल कलेजले आज एक सूचना प्रकाशित गर्दै सात जना कर्मचारीहरूलाई कर्मचारी आचरण विपरित काम गरेको भन्दै सात दिन भित्र स्पष्टिकरण सोधिएको छ भने तीन महिनाको लागि उनीहरूलाई निलम्बन गरिएको जानकारी गराइएको छ ।

Advertisement

नेशनल मेडिकल कलेजमा कार्यरत कर्मचारीहरू हृदयनारायण सिंह,प्रयाग राउत अहिर,फिरोज हवारी,सैनुल्लाह अन्सारी,विजयप्रसाद यादव,रामजीप्रसाद कुशवाहा र अनवर हवारीलाई कारवाही गरिएको हो ।कलेजका नया प्रमुख प्रशासकीय अधिकृत शेख गौशल आजमले हस्ताक्षरित सूचनामा उनीहरूलाई कारवाही गरिएको जनाइएको छ ।

Advertisement

फागुन ११ गते अस्पतालकी नर्सिंङ निर्देशक पदमा कार्यरत गंगादेवी गुरूङ,नर्सिङ मेट्रोन पदमा कार्यरत विकासकुमार तथा नर्सिङ सुपरभाइजर गोमा केसीलाई निजहरूकै कार्यकक्षमा यूनियन सम्बन्धी विवाद हुदा डर त्रास धम्क दिई ज्यान मार्ने सम्मको समेत डर देखाई कार्याालय मा हुलहुज्जत गरेकोले श्रम ऐन२०७४ को दफा १३१(क) बमोजिम खराब आचरण देखाएकोले सो दफा अनुसार किन नहटाउने भन्दै स्पष्टिकरण सोधिएको स्पष्ट पारिएको छट ।

यता, कारवाही भएको कार्मचारीहरूले यूनियन दर्ता भएर प्रकृयामा रहेकोले कर्मचारीहरूको एकतालाई तोडन सात जना कर्मचारीलाई कारवाही गरिएको हो । यस विषयमा आफुहरू श्रम ऐन अनुसार कानुनी लडाई लडने उनीहरूले जानकारी गराएका छन ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *