Categories समाचार

वीरगन्ज : सशस्त्र प्रहरीद्वारा ७० लाखकाे कपडासहितकाे ट्रक पक्राउ 

Advertisement

वीरगन्ज । वीरगन्जमा सशस्त्र प्रहरीले राजश्व छलेर भित्र्याइएकाे आशंकामा ७० लाख रुपैयाँ मुल्यकाे कपडासहितकाे एउटा ट्रक नियन्त्रणमा लिएको छ।

वीरगन्जस्थित एकीकृत भन्सार जाँच चाैकी(आइसिपी)बाट भन्सार जाँचपास भई काठमाडौं तर्फ जाँदै गरेकाे कपडा लाेड रहेकाे ना ८ ख ३९७८ नम्बरको ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हाे। वीरगन्ज २५ बहुअरीस्थित सडकमा उक्त ट्रक सशस्त्र प्रहरीले राेकेर चेकजाँच गरेकाे थियाे।

Advertisement

त्यसक्रममा उक्त ट्रकमा रहेकाे ७० लाख रुपैयाँ मुल्यकाे कपडाकाे बिलबिजक शंकास्पद देखिएकाले कपडासहितकाे ट्रक नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्यले जानकारी दिए।

Advertisement

बरामद कपडाकाे ७० लाख र ट्रककाे ४० लाख रुपैयाँ मुल्यांकन गरेर आवश्यक अनुसन्धान र कारबाहीका लागि आइतबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको कर्मचार्यले जानकारी दिए।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *