Categories समाचार

एम्बुलेन्सबाट गाँजा बरामद

Advertisement

सुनसरी । सुनसरीमा सशस्त्र प्रहरीले एम्बुलेन्सबाट गाँजा बरामद गरेको छ। आइतबार सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गणले एम्बुलेन्सबाट २ क्वीन्टल ७३ किलो १३० ग्राम गाँजा बरामद गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चतराबाट सशस्त्र प्रहरी निरीक्षक बिग बहादुर गोलेको कमाण्डमा खटिएको टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराबाट सूर्यकुण्डतर्फ जाने भित्री सडक खण्डमा शंकास्पद अवस्थामा रोकिराखेको को १ च २९३७ नम्बरको एम्बुलेन्स चेकजाँचका क्रममा ९ वटा पोकामा लुकाएर राखेको अवस्थामा गाँजा बरामद गरेको हो।

Advertisement

बरामद एम्बुलेन्स र गाँजा थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीका गणपति समेनन्द बज्राचार्यले जानकारी दिए। साभारः अन्नपूर्णपोष्टबाट

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *