Categories समाचार

निजगढ बजारमा ग्याँस सिलिन्डर विस्फोट हुँदा चार जना घाइते

Advertisement

बारा । बाराको निजगढ नगरपालिका वडा नम्बर ७ निजगढ बजारकाे सहिद चोकमा रहेकाे वर्कसपमा ग्याँस सिलिन्डर विस्फोट हुँदा चार जना घाइते भएका छन्।

सहिद चोकस्थित रोहित वर्कसपमा साेमबार दिउँसो कामदारहरुले काम गरिरहेकै बेला अचानक ग्याँस सिलिन्डर विस्फोट हुँदा चार जना घाइते भएका हुन्।

Advertisement

घाइतेमध्ये दुईजनाकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएको छ।एक जनाको अवस्था मध्यम र एकको अवस्था सामान्य रहेको छ। घाइते चारैजनाको निजगढ नगरपालिका– ९ स्थित निजगढ सामुदायिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।

Advertisement

घाइतेहरूको पहिचान हुन बाँकी रहेको छ भने घटनाबारे थप अनुसन्धान र विवरण पनि आउन बाँकी रहेको प्रहरीले जनाएको छ।साभार:नयाँपत्रिकाबाट

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *