Categories स्वास्थ्य

वीरगन्ज : वडा नं. ७ मा खोप समन्वय समितिको अभिमुखिकरण कार्यक्रम सम्पन्न

Advertisement

श्याम सरार्फ

वीरगन्ज । वडा स्तरीय एम. आर. खोप अभियान बारे खोप समन्वय समितिको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement

वीरगन्ज महानगरपालिकाको स्वास्थ्य महाशाखा द्वारा आयोजित सो कार्यक्रम वडा नम्बर ७ स्थित आधारभुत स्वास्थ्य सेवा केन्द्रको सभाहलमा केन्द्रकि इन्चार्ज बन्दना चौधरीको अध्यक्ष्तामा तथा सोही वडाका वडा अध्यक्ष हिरा काजि महर्जनको प्रमुख आतिथ्यमा भएको थियो । वडा अध्यक्ष महर्जनले बैनर पढेर कार्यक्रम उद्घाटन गरेका थिए ।

Advertisement

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चैत्र ७ गतेसम्म दादुरा–रुबेला खोप अभियान सञ्चालन गरेकोले कसरी वडा नम्बर ७ मा प्रभावकारी रुपमा सबै बालबालिकाको पहुचमा खोप पुर्याउन सकिने बारे अभिमुखिकरण कार्यक्रममा छलफल भएको थियो ।

जनप्रतिनिधि र स्वास्थ्यकर्मीको संयुक्त पहल र प्रचारप्रसारले कुनैपनि बच्चा नछाड्ने गरि अभियाननै सञ्चालन गरि अगाडि बढ्दा खोप कार्यक्रम प्रभावकारी हुने वक्ताहरुले जोड दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष महर्जनले भने,” मेरो वडाका बासिन्दाहरुका लागि म कुनैबेला खट्टिन तैयार रहेको बताए । उनले भने शिक्षा स्वास्थ्यनै प्रमुख मुद्दा रहेकोले घरदैलो गरेर हुन्छ कि मैकिंग गरेर हुन्छ अभियानलाई सफल बनाउन हरेक प्रयास गर्ने प्रतिबद्धता गरे ।”

राष्ट्रिय खोप कार्यक्रम दादुरा–रुबेला खोप अभियान २०८०–२०८१ कार्यक्रम सञ्चालन निर्देशिका अनुसार विगत एक वर्षमा दादुरा रोगको महामारी भएको स्थान र दादुरा रोगका बिरामीको उमेरलाई विश्लेषण गरेर यस अभियानमा दादुरा–रुबेला खोप प्रदान गर्ने लक्षित समूहको आधारमा जिल्लालाई २ समूहमा विभाजन गरेको जनाइएको छ ।

पहिलो समूहमा दादुरा–रुबेलाका लागि उच्च जोखिम भनी पहिचान गरिएका तराईका २१ जिल्ला र काठमाडौँ उपत्यकाभित्रका ३ जिल्ला गरी २४ जिल्ला छन् । दोस्रो समूहमा बाँकी ५३ जिल्ला रहेको निर्देशिकामा उल्लेख छ ।

कार्यक्रममा महानगर स्वास्थ्य महाशाखाबाट रामबाबु यादव, माईस्थान विधापिठका प्रधानाध्यापक मुनिलाल कर्ण, अ.न.मी सुमन कुमारी डंगोल, वडा सदस्यलगायतको उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *