Categories समाचार

रौतहटको एक निजी हस्पिटलबाट दुई भारतीयसहित तीनजना नक्कली डाक्टर पक्राउ

Advertisement

वीरगन्ज । रौतहटको एक निजी हस्पिटलबाट तीनजना नक्कली डाक्टर पक्राउ परेका छन् । पक्राउ पर्नेमा यमुनामाई गाउपालिका १ स्थित सगरमाथा तराई हस्पिटल प्रा.लिमा कार्यरत दुई भारतीयससहित सहित तीन डाक्टर छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पक्राउ पर्नेहरुमा भारतको बिहार राज्य जिल्ला पूर्वी चम्पारण थाना ढाका वडा नं.१४ खैरवा बस्ने ४५ को हसिंन अख्तर, भारत बिहार राज्य जिल्ला पूर्वी चम्पारण थाना सिकारगंज वडा नं.३ वटोआ बस्ने २७ को मो. तबरेज आलम र यमुनामाई गा.पा.वडा नं.२ भेडियाहीटोल बस्ने २७ को कलाम मन्सुरी छन् ।

Advertisement

निर्धारित शैक्षिक योग्यता प्राप्त नरहेपनि बिरामीहरूको एपेन्डिस, पायल्स, युटेरस लगायतका अपरेसन हुँदै आएको गोप्य सूचनाको आधारमा तनैजना नक्कली डाक्टरलाई पक्राउ गरेको रौतहटका प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले बताए ।

Advertisement

उनीहरूलाई गत फागुन १ गते जिल्ला प्रशासन कार्यालय रौतहट तथा जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त अनुगमन टोलीले अस्पतालमा अनुगमन गर्दा पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *