Categories समाचार

निजगढमा भएको शक्तिशाली विस्फोटमा दुईजनाको मृत्यु, घाइते मध्ये तीनको अवस्था गम्भीर

Advertisement

वीरगन्ज । बाराको निजगढमा भएको शंकास्पद शक्तिशाली विस्फोटमा दुईजनाको मृत्यु भएको छ ।

निजगढ नगरपालिका ७ स्थित रोहित वर्कशपमा मंगालवार दिउसो शंकास्पद शक्तिशाली विस्फोट हुदा वर्कशप संचालक निजगढ नगरपालिका वडा नम्बर ७ का ४३ वर्षीय रेशम मगर र भारतीय नागरिक राकेश जयसवालको मृत्यु भएको छ ।

Advertisement

संचालक मगरको घटनास्थलमै मृत्यु भएको थियो । भने बिस्फोटमा परी ५ जना घाइते भएका मध्ये जयसवालको उपचारको क्रममा मृत्यु भएको छ ।

Advertisement

तीनजनाको अवस्था गम्भीर छ । उनीहरुको वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
कवाड संचालक राज जैसवाल सहित ४ जनालाई पक्राउ गरि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *