वीरगन्ज । बाराको निजगढमा भएको शंकास्पद शक्तिशाली विस्फोटमा वीरगन्ज घर भएका थप एकजनाको मृत्यु भएको छ ।
निजगढ नगरपालिका ७ स्थित रोहित वर्कशपमा मंगालवार दिउसो शंकास्पद शक्तिशाली विस्फोट हुदा वर्कशप संचालक निजगढ नगरपालिका वडा नम्बर ७ का ४३ वर्षीय रेशम मगर र भारतीय नागरिक राकेश जयसवालको मृत्यु भएको थियो भने ।
उपचार कै क्रममा आज बिहान करिब ७:३० बजे वीरगन्ज वडा नम्बर ९ का २० वर्षीय रितु रजतको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।
संचालक मगरको घटनास्थलमै मृत्यु भएको थियो । भने बिस्फोटमा परी ५ जना घाइते भएका मध्ये जयसवाल र रजतको उपचारको क्रममा मृत्यु भएको छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
कवाड संचालक राज जैसवाल सहित ४ जनालाई पक्राउ गरि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए ।







