Categories समाचार

महिलाको गोप्य तस्बिर खिच्ने सशस्त्रका डीएसपी २५ हजार रुपैयाँ धरौटीमा रिहा

Advertisement

काठमाडौं। महिलाको गोप्य तस्बिर खिचेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका नायव उपरीक्षक (डीएसपी) २५ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्।

स्वयम्भुस्थित एक रेस्टुरेन्टको शौचालयमा महिलाको गोप्य तस्बिर तथा भिडिओ खिचेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका डीएसपी तुलसिंह केसीलाई जिल्ला अदालत काठमाडौंले २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

Advertisement

जिल्ला न्यायाधीश हिमलाल बेल्बासेको इजलासले केसीलाई धरौटीमा रिहा गर्न  आदेश दिएको हो। डिएसपी केसी फागुन ५ गते पक्राउ परेका थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *