Categories समाचार

बसरुद्दिनविरुद्ध किर्ते मुद्दा दर्ता

Advertisement

वीरगन्ज । नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका निवर्तमान प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारीविरुद्ध लिखत कसुरसम्बन्धी (किर्ते) मुद्दा दर्ता भएको छ। फागुन १३ गते अन्सारीविरुद्ध पर्सा जिल्ला अदालतमा किर्ते मुद्दा दर्ता भएको हो।

निवर्तमान प्रबन्ध निर्देशक अन्सारीविरुद्ध अस्पतालका नवनियुक्त प्रबन्ध निर्देशक शाहनवाज अन्सारीले किर्ते मुद्दा दर्ता गराएका पर्सा जिल्ला अदालत प्रशासनले जनाएको छ। अदालतका एक अधिकृतका अनुसार अस्पतालको प्रबन्ध निर्देशकबाट हटाइएका बसरुद्दिनविरुद्ध मिसिल नम्बर ०८०–सिपी–०८७१ मुद्दा दर्ता भएको छ। 

Advertisement

यस्तै तत्कालीन प्रबन्ध निर्देशक बसरुद्दिनले अस्पतालका कर्मचारीलाई उचालेर श्रम कार्यालय वीरगन्जमा ट्रेड युनियन दर्ता गराउन लगाएको मुद्दामा उल्लेख छ। श्रम कार्यालयले ट्रेड युनियन दर्ता किन गर्ने भनी अस्पतालबाट जवाफ माग गरेपछि फागुन ४ मा प्रबन्ध निर्देशकबाट हटिसकेका बसरुद्दिनले अस्पतालको  छाप र हस्ताक्षर दुरुपयोग गरेको दाबी गरिएको छ।

Advertisement

बसरुद्दिनले पदबाट हटाइसकेपछि फागुन १० मा प्रबन्ध निर्देशककै रूपमा श्रम कार्यालय वीरगन्जमा अस्पतालको तर्फबाट हस्ताक्षर गरेर पत्र बुझाएपछि किर्ते मुद्दा दर्ता भएको हो। नयाँ पत्रिकाबाट साभार

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *