Categories समाचार

पर्सा : मिटरब्याजी विरुद्धका ३८ वटा उजुरीमा मिलापत्र

Advertisement

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्सामा अनुचित लेनदेन (मिटरब्याज) कसुरमा १ हजार ६ सय ५३ वटा उजुरी परेकोमा ३८ वटा उजुरीमा दुवै पक्षबीच मिलापत्र भएको छ । 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ध्रुव कुमार श्रेष्ठका अनुसार जिल्ला प्रशासन कार्यालय पर्साबाट दर्ता भई १६५३ उजुरी गत माघ १७ गते जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका उजुरीको सम्बन्धमा गत माघ २४ गते देखि छानबिन गर्दा हालसम्म ३८ वटा उजुरीमा दुवै पक्षबीच मिलापत्र भएको बताए ।

Advertisement

४० वटा उजुरीमा छलफल भएकोमा ३८ वटा मिलापत्र भएको र २ वटा उजुरीमा अनुचित लेनदेन मुद्दा दर्ता गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । 

Advertisement

२ वटा उजुरीमा छानबिन गर्दा कपाली तमसुक बराबर कै रकम चाहिने अडानमा रहेका दुईलाई बारम्बार प्रमाण पुर्याउन भन्दा पनि प्रमाण नपुगेको खण्डमा २ जना माथि अनुचित लेनदेन मुद्दा दर्ता गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ । 

जिल्ला प्रहरी कार्यालय पर्सामा माघ २४ देखि उजुरी दर्ता गर्न सुरु गरिएकोमा हालसम्म ३० वटा नयाँ उजुरी दर्ता भएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । 

कुल दर्ता भएका उजुरी जिल्लाभरिका १४ वटै स्थानीय तहबाट आएका छन् । विशेष गरी लेनदेन र जग्गाजमिनसम्बन्धी मिटरब्याज पीडितहरूको उजुरी बढी दर्ता भएका छन् ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *