Categories समाचार

लागूऔषध गाँजासहित दुई भारतीय युवक पक्राउ

Advertisement

वीरगन्ज । सर्लाहीबाट प्रहरीले लागूऔषध गाँजासहित दुई भारतीय युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार राज्यको सितामढी जिल्ला ग्राम पञ्चायत सुतिहारा बारा ६ बस्ने वर्ष २० का छोटु पासवान र सितामढी ग्राम पञ्चायत लहुरिया ९ का २५ वर्षीय मोहमद समिम शेष छन् ।

Advertisement

सर्लाही प्रहरीका प्रवक्ता डिएसपी दिपेन्द्र पजियार थारुका अनुसार मंगलबार साँझ सर्लाहीको लालबन्दी नगरपालिका १ लखनदेही पुल नजिक नवलपुर तर्फ आउँदै गरेको बी.आर. ३० ए.जी १६४४ नम्बरको भारतीय मोटरसाइकलमा चेकजाँच गर्दा झोला र कार्टुन भित्र लुकाई राखेको प्रतिबन्धित गाँजा ७ किलो बरामद गरेको हो ।

Advertisement

संगै दुबैजनालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *