वीरगंज । नेशनल मेडिकल कलेज तथा शिक्ष्ण अस्पतालका कर्मचारीहरूको हडताल शुक्रवार साँझदेखि सहमतिमा टुङ्गिएको छ ।
अस्पतालको नयाँ प्रशासनले जिम्मेवारी लिएसँगै नौंजनालाई हटाएपछि फागुन १४ गतेदेखि अस्पतालको बहिरङ्ग विभाग बन्द गरेर २ सय २५ को हाराहारीमा कर्मचारीहरू आन्दोलित भएका थिए ।
उनीहरूले नौंजना कर्मचारीको पुनर्बहालीसँगै स्थायी गर्नुपर्ने, श्रम ऐन अनुसार सेवा सुविधा दिनुपर्ने, बीमा तथा आवासलगायतको माग गर्दै आन्दोलन गरेकोमा फागुन १६ गतेदेखि वार्ता भएको थियो । सहमति भएपछि आन्दोलन टुङ्गिएको अस्पतालका अध्यक्ष् डा जैनुद्दीन अन्सारीले बताए ।







