Categories समाचार

वीरगन्जमा मनाइयो अन्तर्राष्ट्रिय महिला दिवस, चारजना सम्मानित

Advertisement

वीरगन्ज । वीरगन्जमा अन्तर्राष्ट्रिय महिला दिवस एक कार्यक्रम गरि मनाइएको छ ।

१ सय १४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेवा: मिसा दवु , जिल्ला कार्य समिति पर्साको आयोजनामा गरिएको सम्मान कार्यक्रममा समाजमा उत्कृष्ट भुमिका निर्वाह गरि पहिचान बनाउन सफल वीरगन्जकी चारजना चेलीहरूलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।

Advertisement

सम्मानित हुनेमा नेपाल प्रहरीका एआईजी मिरा चौधरी, हेमा थापा, शान्ति अमात्य र सरस्वती शाक्य रहनु भएको छ ।

Advertisement

सो कार्यक्रममा वीरगन्ज महानगरका प्रमुख राजेशमान सिंह, मधेस विश्वविद्यालयका उपकुलपति दिपक शाक्य , हेरम्ब जोशी , हरि वैध लगायतको उपस्थिति रहेको थियो ।

संस्थाकी जिल्ला अध्यक्ष मिरा प्रधानको अध्यक्षतामा भएको सो कार्यक्रमको सहजीकरण मुस्कान श्रेष्ठले गर्नु भएको थियोे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *