Categories समाचार

लिटिल स्टेप्स मोन्टेसरीले मनायो ६ औं वार्षिकोत्सब

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरस्थित रहेको लिटिल स्टेप्स मोन्टेसरी स्कूलले आफ्नो ६ औं वार्षिकोत्सब भव्यरुपले मनाएको छ ।

वार्षिकोत्सबको उपलक्ष्यमा वीरगञ्जको त्रिस्ला रेस्टुरेन्टमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रमका प्रमुख अतिथि मधेस विश्वविद्यालयका उपकुलपति डाक्टर दिपक शाक्यले पानसमा दीप प्रज्वलन गरि उद्घाटन गरेका थिए । कार्यक्रममा स्कुलका विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए । 

Advertisement

कार्यक्रममा अवकाश प्राप्त न्यायधिश बद्रीप्रसाद ओली, वीरगञ्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई, ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडा लगायतले शैक्षिक विकासका महत्व र औचित्यबारे धारणा राखेका थिए । 

Advertisement

कार्यक्रममा मन्टेश्वरी स्कुलका निर्देशकहरु तुसार अग्रवाल, रोहित बजाज, अंकुर गोयङ्का, अनमोल साह, विद्यालयकी संयोजक विद्या थापा ओली, रातोपाना अनलाईनका अध्यक्ष श्याम सर्राफ र यात्रा डेलीका उप सम्पादक सुर्यनारायण विक लगायतको उपस्थिती रहेको थियो । 

सो अवसरमा पिजिदेखि कक्षा १ सम्मका १५० भन्दा बढी विद्यार्थीले २६ वटा प्रस्तुतीमा सहभागि थिए । राष्ट्रिय गीतदेखि पहिचान र संस्कृतिसँगै भाषा र भेषभूषाको संरक्षण तथा प्रबद्र्धन गर्ने खालका गीत एवम् नृत्य विद्यार्थीले प्रस्तुत गरेको स्कुलका विभागिय प्रमुख अमित सर्राफले जानकारी दिए । 

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै सर्राफले विद्यार्थीलाई सानैदेखि संस्कृति र संस्कारका विषयमा जिम्मेवार बनाउने कार्य स्कुलले गर्दै आएको दावी गरे । छैठौँ वार्षिकोत्सव समारोहमा अभिभावकहरुको उत्साहजनक उपस्थितीले विद्यार्थीको हौसला र मनोबल बृद्धि भएको पनि उनको भनाई छ । अभिभावककै अगाडी प्रस्तुती दिँदा विद्यार्थीहरु अझै धेरै अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा सक्रिय हुन प्रोत्साहित हुने उनले बताए । 

स्कुलकी शिक्षिका अणु पारिकले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण शिक्षिकाद्वय ज्योती मरोडिया र सुमैरा जमरले गरेकी थिइन् । 

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *