Categories समाचार

माउन्ट मकालु इग्लिस बोर्डिङ स्कुलको २७ औं वार्षिकोत्सब सम्पन्न

Advertisement

वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर १० अशोक वाटिकामा रहेको माउन्ट मकालु इग्लिस बोर्डिङ स्कुलले २७ औं वार्षिकोत्सब सांस्कृतिक कार्यक्रम गरि मनाएको छ ।

स्कुलका प्रधानाध्यापक राहुल श्रीवास्तवको अध्यक्ष्तामा भएको कार्यक्रमका प्रमुख अतिथि प्याबसनका केन्द्रीय कार्यकारिणी सदस्य छेदुप लामा रहनुभएको थियो ।

Advertisement

विगत २६ वर्षदेखि निरन्तर शैक्षिक क्षेत्रमा प्रभावकारी भुमिका निर्वाह गरेकोलेनै सफलताको २७ औं वार्षिकोत्सबमा सहभागी हुनपुगेकोमा वक्ताहरूले खुसी व्यक्त गर्दै सफलताको शुभकामना दिएका थिए ।

Advertisement

कार्यक्रममा युवा नेता ओमप्रकाश सरार्फ, विरेन्द्र यादव, पुरन प्रधान, सुनिल कुर्मीलगायतको उपस्थिति रहेको थियो । स्कुलमा अध्यनरत बालबालिकाहरुले विभिन्न प्रस्तुति देखाएर कार्यक्रममा उपस्थित सबैको मन लोभयाएको श्रीवास्तवले बताए ।

पछिल्लो २६ वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षा दिनुका साथै समाजिक र व्यवहारिक शिक्षामा स्कुलले विशेष ध्यान दिएको प्रधानाध्यापक श्रीवास्तवले दावी गरे । उनले भने,”टोलका केही बालबालिकाबाट सुरु गरिएको स्कुल अभिभावक, सुभचिन्तक र शिक्षकहरुको मिहिनेतले आज यहाँ सम्म आइपुग्दा राम्रो अनुभव भइरहेको साथै शैक्षिकक्षेत्रमा अझै नयाँ प्रयास गर्ने योजना रहेको जिकिर गरे। “

आर्मी ब्यारेक नजिकै क्लासिकमा आयोजित सांस्कृतिक कार्यक्रमको सहजीकरण सञ्चारकर्मी सुर्य शुभचिन्तकले गरेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *