Categories समाचार

तस्करीकाे सामान भित्र्याएकाे आशंकामा मालवाहक ट्रक र पिकअप पक्राउ

वीरगन्ज । वीरगन्जबाट प्रहरीले तस्करीकाे सामान भित्र्याएकाे आशंकामा एउटा मालवाहक ट्रक र एउटा पिकअप गाडी नियन्त्रणमा लिएकाे छ।कपडा र किताब गरी एक कराेड ४२ लाख ७८ हजार १२० रुपैयाँ बराबरको सामान लिएर काठमाडौं जाँदै गरेकाे मालवाहक ट्रक र पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको हाे।

वीरगन्जस्थित एकिकृत भन्सार जाँच चाैकीबाट भन्सार जाँचपास भई भित्रीएकाे बीआर २२ जीए ४९१६ नम्बरको पिकअप र ना ४ ख ९८७ नम्बरको ट्रक शुक्रबार बेलुकी वीरगन्ज-२५ ड्राइपाेर्ट चाेकबाट नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।

Advertisement

उनका अनुसार,प्रहरीले शंका लागेर ती दुवै मालवाहक गाडी राेकेर चेकजाँच गर्दा बिलबिजक भन्दा बढी मुल्यकाे सामान भेटिएको तथा बिलबिजक लगायतका कागजातपनि शंकास्पद भएकाे देखिएपछि सामानसहितकाे दुवै गाडी नियन्त्रणमा लिएको हाे ।

Advertisement

प्रहरीले नियन्त्रणमा लिएको सामानसहतकाे दुवै गाडअं थप अनुसन्धान तथा कारबाहीका लागि आइतबार राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *