Categories समाचार

नव नियुक्त तीन मन्त्रीले लिए शपथ

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गरेर नियुक्त गरेका तीन मन्त्रीले शपथ लिएका छन् ।

साेमबार विना विभागीय मन्त्रीमा नियुक्त गरिएका नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ, नेकपा एमालेका पदम गिरी र रास्वपाका डोलप्रसाद अर्यालले राष्ट्रपति कार्यालयमा शपथ लिएका हुन् । राष्ट्रपति रामचन्द्र पाैडेलबाट उनिहरुले शपथ लिएका हुन्।

Advertisement

त्यसअवसरमा उपराष्ट्रपति रामसहाय यादव र प्रधानमन्त्री प्रचण्डकाेपनि उपस्थिति रहेकाे थियाे।

Advertisement

गत वर्ष पुस १० गते एमाले सरकारमा सहभागी हुँदा पदम गिरी स्वास्थ्य तथा जनसंख्या मन्त्री र रास्वपाका अर्याल श्रम तथा रोजगार मन्त्री थिए ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *