Categories समाचार

रक्सौलबाट लागुऔषध लिएर वीरगन्ज आउँदैगरेकी दुई भारतीय महिला पक्राउ

Advertisement

वीरगन्ज । वीरगन्जबाट प्रहरीले नेपालामा प्रतिबन्धित लागूऔषधसहित दुईजना महिलालाई पक्राउ गरेको छ । भारतको रक्सौलबाट लागुऔषध लिएर वीरगन्ज आउँदै गरेको अवस्थामा दुई भारतीय महिलालाई प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत बिहारको जिल्ला पूर्वी चम्पारणको रामगढवा घर भएकी ४३ बर्षिया रुकसाना खातुन र त्यँही ठाउँकी २० बर्षिया अपसना खातुन रहेका छन् ।

Advertisement

रक्सौलबाट पैदल आइरहेका दुवै महिलालाई रजतजयन्ति चोकमा रोकेर चेकजाँच गर्दा रुकसानाको साथबाट बुप्रेनोर्फिन १४४ एम्पुल, डाइजेपाम १४९ एम्पुल र फेनरागन १३१ एम्पुल तथा अपसानाको साथबाट बुप्रेनोर्फिन१४८ एम्पुल, डाइजेपाम १४७ एम्पुल, फेनरागन १४७ एम्पुल बरामद भएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

Advertisement

दुवै महिलाको साथबाट गरी ८७८ एम्पुल लागूऔषध बरामद भएको उनले बताए ।दुवै जनालाई प्रहरीको हिरासतमा राखेर लागूऔषध कसूर सम्बन्धी मुद्धामा थप अनुसन्धान भइरहेको थापाले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *