Categories समाचार

लागु औषध खैरो हिरोइनसहित रौतहटका दुई जना पक्राउ

Advertisement

वीरगन्ज । लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ सहित दुई जना पर्सामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहट गुजरा न.पा.वडा नं.३ का २५ वर्षीय मिलन तामाङ र ३२ वर्षीय भिम बहादुर वाइवा रहेका छन् ।

सोमबार साझ अन्दाजी साढे ५ बजे वीरगन्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको प्र.२-०३-००८ प १४३४ नम्बरको स्कुटीलाई चेकजाँच गर्दा हेल्मेटभित्र लुकाइ छिपाइ राखिएको लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ प्लाष्टिक वाहेक १२ ग्राम २४० मि.ग्राम फेला परेको थियो ।

Advertisement

लागु औषध सहित निजहरूलाई नियन्त्रणमा लिइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको पर्सा प्रहरीको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *