वीरगन्ज । बाराको ३ नम्बर पुल बजारस्थित पक्की पुलमा बस दुर्घटना भएको छ ।
नारायणगढबाट वीरगन्जतर्फ आउँदै गरेको बस ३ नम्बरस्थित पक्की पुलबाट खोलामा खस्दा ४ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बस दुर्घटनामा परेका ४ जना गम्भीर घाइतेलाई उपचारका लागि हेटौंडा अस्पतालमा लगिएको छ ।
घाइतेहरुलाई अस्पताल लगिएको छ भने अरुलाई पनि सहयोग गर्नका लागि प्रहरी परिचालन भइसकेको घटनास्थलमै रहेका वीरगञ्ज महानगर प्रमुखका स्वकिय सचिव सत्यराज घिमिरेले बताए ।







