वीरगन्ज । हिन्दु स्वयंसेवक संघ नेपालको आयोजनामा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा २०८० झण्डै ३ हजार विधार्थीको सहभागितामा सम्पन्न भएको छ ।
वीरगन्जको आदर्शनगर पुरानो बसपार्कमा आयोजित कार्यक्रमको अध्यक्ष्ता हिन्दू स्वंयसेवक संघका संयोजक मुनिलाल कर्ण तथा मधेस प्रदेशका बन तथा वातावरण मन्त्री रमेश प्रसाद कुर्मीको प्रमुख आतिथ्यमा भएको परिक्षामा ५८ वटा निजी तथा सामुदायिक बिधालयका गरि ३ हजार विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
विभिन्न जातजाति भाषा धर्म संस्कृति संग जोडिएका प्रश्नपत्र रहेकोमा ३० मिनेटको परिक्षामा ५५ जनाले ५० अंक ल्याउन सफल भएकोमा गोलाप्रथा बाट बिजेताहरु चयन गरिएको थियो ।
प्रथम हुने माइस्थान बिधापिठ माध्यमिक बिधालयलाई नगद रु २२ हजार, दोस्रो साउथजोन माध्यमिक बिधालयलाई रु १६ हजार ५०० सय र तेस्रो एनआइ कलेजलाई रु १२ हजार ५०० सय पुरस्कार दिइएको थियो । बाकीलाई सान्त्वना राशि प्रदान गरिएको आयोजक समितिले जनाएको छ ।
कार्यक्रममा प्रमुख प्रवक्ता हिन्दु स्वयंसेवक संघका विभाग संघ संचालक ललन दिवेदी, जिल्ला संघ संचालक पर्साका माधवराजपाल, सहसंयोजक जियालाल गुप्ता, आलोक चौरसिया,राम श्रेष्ठ तथा सामुदायिक बिधालयका प्रधानाध्यापक तथा विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।







