Categories समाचार

शम्सानघाटमा गाडिएको बालककाे शव प्रहरीले निकाल्यो, आमा बुबा पक्राउ

Advertisement

वीरगन्ज । वीरगन्जमा प्रहरीले शम्सानघाटमा गाडिएको एक बालककाे शव निकालेर पाेष्टमार्टमका लागि अस्पतालमा पठाएकाे छ।

वीरगन्जको राधेमाई नजिककाे सिर्सिया नदि छेउकाे शम्सानघाटमा खाल्डाे खनेर गाडिएको एक बालककाे शव बिहीबार राति प्रहरीले निकालेर पाेष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाएकाे हाे।

Advertisement

वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीका शम्भु महताे धानुकका छाेरा १२ बर्षिय दिलिप मण्डल धानुककाे शव उनकै अभिभावकले कसैलाई थाह नदिई बिहीबार बेलुकी शम्सानघाटमा लगेर खाल्डाे खनेर गाडेकाे खबर प्रहरीले पाएकाे थियाे।

Advertisement

खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टाेली बिहीबार बेलुकी शम्सानघाटमा पुगेको थियाे।त्यहाँ पुग्दा दिलिपकाे शव अन्दाजी दुई फिट गहिराे खाल्डाे खनेर त्यसभित्र राखेर माथिबाट बालुवाले पुरेकाे अवस्थामा भेटिएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।

बालककाे मृत्युकाे खबर अभिभावकले गाेप्य राखेकाे,प्रहरीलाई समेत खबर नदिएकाे र शव पाेष्टमार्टमपनि नगरी शम्सानघाटमा लगेर गाडेकाेले घटना शंकास्पद देखिएकाे थापाले बताए।

मृत बालक दिलिपका बुबा शम्भु र आमा सबितालाई साेधपुछका लागि बिहीबार राति नै नियन्त्रणमा लिइएको थापाले बताए।

मृत बालक दिलिपका छिमेकीका अनुसार, दिलिपलाई उनका आमा-बुबाले बिहीबार घरकै एक काेठामा थुनेर ज्यालामजदुरीका लागि घरबाट निस्किएका थिए।कामबाट बिहीबार साँझ घर फर्किदाँ दिलिप काेठामै मृत अवस्थामा भेटिएपछि डरले कसैलाई थाह नदिई अटाेरिक्सामा शव राखेर शम्सानघाटमा लगेर गाडेकाे बुबा शम्भुले स्विकारेकाे प्रहरी नायब उपरीक्षक थापाले बताए।बालक दिलिप लागूपदार्थकाे कूलतमा फसेकाे र अरुकाे घरघरमै पसेर माेबाइल लगायतका सामान चाेरेर हैरान पार्नथालेपछि आँफुहरु कामका लागि बाहिर जाँदा दिलिपलाई काेठामा थुनेर जाने गरेकाे बुबा दिलिपले प्रहरीलाई बताएको थापाले जानकारी मधेस खबरलाई दिए।

थापाले भने,`तर प्रहरीलाई खबर नै नदिई शव शम्सानघाटमा लगेर गाडेकाे देखियाे।यसले घटना शंकास्पद देखियाे।त्यस कारण शम्सानघाटबाट शव निकालेर पाेष्टमार्टमका लागि अस्पतालमा पठाएका छाैं।आमा-बुबा दुवैलाई साेधपुछका लागि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छाैं।´

शवकाे पाेष्टमार्टम रिपाेर्ट आएपछि मात्र बालककाे मृत्युकाे यकिन कारण खुल्ने र त्यसकाे आधारमा प्रहरी अगाडि बढ्ने प्रहरी नायब उपरीक्षक थापाले बताए। मधेसखबरबाट साभार

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *