Categories हाइलाइट-समाचार

वीरगन्ज : मैत्री पुलमा रहेको एसएसबीले आफ्नो चेकपोस्ट हटायो

Advertisement

वीरगन्ज । एसएसबीले मैत्री पुल रक्सौलमा रहेको एसएसबी पोस्ट फिर्ता लिने निर्णय गरेको छ।

मैत्री पुल रक्सौलमा रहेको एसएसबी पोष्टका कारण पुल साँघुरो बन्दै गएकाले नेपाली जनतालाई समस्या भएको देखिएको थियो ।

Advertisement

नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई ध्यानमा राख्दै एसएसबीले उक्त पद फिर्ता लिन निर्देशन दिएको हो भारतीय अधिकारीले बताएका छन् । यस कार्यले नेपाल र भारतबीचको रोटी बेटीको पुरानो सम्बन्धलाई महत्व दिइएको समेत थपे ।

Advertisement

मितेरी पुलमा एसएसबीको चेकपोष्ट स्थापनाले नेपाली यात्रुलाई सास्ती भएको जनगुनासो बढेपछि वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासकोपनि ध्यानाकर्षण गगराइएको थियो । महावाणिज्य दूतावासकै अग्रसरतामा दुवै देशका सुरक्षा अधिकारीबिच छलफल भएको र त्यसपछि मितेरी पुलबाट चेकपोष्ट हटाउन एसएसबी सहमत भएको छलफलमा सहभागी ग्रिनसिटी आदर्शनगर वीरगन्जका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।

छलफलमा एसएसबीका डीआइजी एस सुबरमनियम, कमाण्डेन्ट विकास कुमार र एन्एस महेरा, इन्स्पेक्टर मनोज कुमार शर्मा, पर्साका  प्रहरी उपरीक्षक कुमोध ढुङ्गेल, वडा प्रहरी कार्यालय बिर्ताका  प्रहरी निरीक्षक पुष्कर बोगटी, प्रहरी चौकी इनरुवाका प्रमुख वरिष्ठ सई तेज प्रताप सिंहलगायतको सहभागिता रहेको थियो ।

यता एसएसबीका इन्स्पेक्टर मनोजकुमार शर्माले दुवै देशका जनताबिचको रोटी–बेटीको सम्बन्धलाई मध्यनजर गर्दै हालका लागि मितेरी पुलबाट एसएसबीको चेकपोष्ट हटाउने निर्णय गरिएको बताए ।उनले भने,‘यदि भविष्यमा फेरि आवश्यकता पर्यो भने पोष्ट फेरि राख्न सकिनेछ ।

मितेरी पुलमा भारतबाट तर्फबाट स्थापना गरिएको एसएसबीको चेकपोष्टका कारण दुई देशबिचको जनस्तरको सम्बन्धमा असर पुगेको गुनासो आएपछि गत शनिबार मात्रै दिल्लीबाट एसएसबीका डिआइजी सुरेश सुब्रमण्यमले आँफै मितेरी पुलमा आएर निरिक्षण गरेका थिए । त्यसक्रममा उनले पर्साका सुरक्षा प्रमुख लगायतसंग भेटेर छलफलपनि गरेका थिए ।

त्यसअघि गत फाल्गुन तेश्रो साता मितेरी पुलमै एसएसबीको जवानले कुटपिट गरी एक नेपालीलाई घाइतेसमेत बनाएका थिए ।भारतको रक्सौलबाट एक बोरा चामल लिएर वीरगन्ज आउँदै गरेका वीरगन्ज १ छपकैयाका बलिराम साह सोनारलाई मितेरी पुलको चेकपोष्टमा खटिएका एसएसबीले दुब्र्यवहार गर्दै कुटपिट गरेका थिए । कुटपिटबाट साहको टाउको फुटेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *